October 29, 2021

दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक आह्वान

Communist Party of Nepal (Unified Marxist Leninist) ||

नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक आह्वान गरेको छ ।प्रधानमन्त्री निबास बालुवाटारमा आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले असार १६ गतेका लागि समितिको बैठक बोलाउने निर्णय गरेको हो । मुलुकको पछिल्लो राजनीतिक अवस्था, सर्वाेच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा, दलको महाधिवेशन आयोजक कमिटीमाथि उठाइएका विवादलगायत विषयमा छलफल बैठक बोलाइएको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । त्यस्तै पार्टी सदस्यता नविकरणलाई तीव्रता दिन पनि निदेशन दिइएको उहाले बताउनुभयो । बैठकमा महाधिवेशन आयोजक कमिटीको निर्णयलाई सर्वोच्च अदालतले मान्यता नदिई कर्णालीका चार सांसदलाई पुनर्बहाली गरेको विषयमा पनि छलफल भएको उहाले बताउनुभयो ।

त्यस्तै उहाले महाधिवेशन आयोजक कमिटीले गरेका निर्णयलाई मान्यता नदिएर अदालतले त्रुटिपूर्ण फैसला गरेका कारण आफूहरू भ्याकेटमा जानुपरेको जिकिर गर्नुभयो । उहाले पार्टी एकतालाई मजबुद बनाउनका लागि छलफल भएको जानकारी दिनुभयो ।बैठकमा कोरोना महामारी नियन्त्रण तथा बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारले गरिरहेको राहत, उद्धार र रोकथामका पहलबारे समीक्षा भई त्यसलाई अझै प्रभावकारी बनाउन सुझाव दिइएको नेता ज्ञवालीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.