December 5, 2023

दार्चुला सडक खण्डमा देखिएको समस्या समाधान गर्न सरकारलाई निर्देशन

Darchula Bazar : दार्चुला जि.स.स

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले दार्चुला तिंकर सडक खण्डको सडक निर्माणमा देखिएको समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले दार्चुला तिंकर सडक खण्डको सडक रेखाङ्कन महाकाली नदीको किनारमा भएकोले अधिकांश स्थानहरुमा ब्लास्टिङ गर्दा ढुङ्गाका टुक्राहरू सिमापारी जाने भएकोले समय–समयमा भारतीय पक्षबाट समस्या देखाउने गर्दा निर्माण प्रभावित हुने देखिएकाले भारतीय पक्षसंग छलफल गरि समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको हो । त्यस्तै बैठकले कर्णाली करिडोर तथा दार्चुला–टिंकर सडक खण्डमा आवश्यक बजेट विनियोजन गरी निर्वाध रुपमा विकास निर्माणका कार्यहरु सुचारु गर्ने आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ भने विकास निर्माणका कार्यमा खटिने जनशक्तिको अभाव देखिएकोले आवश्यक प्राविधिक जनशक्तिहरुको तत्काल पदपूर्ति गर्ने व्यवस्था समेत मिलाउन समिति अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिनुभयो । बैठकले सेनाबाट निर्माणाधीन सडकहरु भौगोलिक रुपमा विकट तथा कडा चट्टानी भीरहरुमा जोखिमपूर्ण हुने भएकोले यही आर्थिक वर्षदेखि लागू हुने गरी निर्माण कार्यमा संलग्न हुने सकलदर्जा नेपाली सेनालाई प्रोत्साहन स्वरुप जोखिम भत्ताको व्यवस्था गर्न पनि निर्देशन दिएको उहाले बताउनुभयो ।

त्यस्तै समितिले यसअघि समितिबाट स्थलगत अध्ययन अवलोकन भ्रमण भई तयार पारिएको कर्णाली करिडोर खुलालु लैफु–सलिसल्ला तथा दार्चुला–टिंकर कोठधार टिंकर सडक खण्ड स्थलगत अध्ययन अवलोकन भ्रमण प्रतिवेदन २०७८ मा रहेका विषय कार्यान्वयनका सरकारका सम्बन्धीत निकायसमक्ष पठाउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *