July 30, 2021

दुस्साहस नगर्न प्रधानमन्त्री ओलीलाई चेतावनी

Image result for prachanda

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिदको बलिदानीलाई कुल्चने दुस्साहस नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिनुभएको छ ।जनयुद्ध दिवसको अवसरमा नेकपा प्रचण्ड–नेपाल पक्षले पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा उहाले संविधान र संघीय लोकतन्त्रलाई धरापमा पार्ने प्रयास गरिए चिहानबाट सहिदका कंकाल उठेर सरकारविरुद्ध लाग्ने चेतावनी दिनुभयो ।उहाले सहिदहरुको बलिदानीबाट प्राप्त उपलब्धिलाई दक्षिणपन्थी र प्रतिक्रान्तिकारी कित्ताबाट प्रहार गर्ने काम भएको तर्क गर्नुभयो । प्रचण्डले सहिदहरुको बलिदानी खेर नजाने उल्लेख गर्नुभयो ।

आफू पहिलो पटक संघीय लोकतान्त्रिक गणतन्त्रको निर्वाचित प्रधानमन्त्री भएको बेला पहिलो मन्त्रिपरिषद् बैठकबाट जनयुद्ध र जनआन्दोलनका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरेको स्मरण गर्दै उहाले अहिलेसम्म उक्त निर्णय कार्यान्वयन नहुनु दुखद रहेको धारणा राख्नुभयो ।कार्यक्रममा पेरिसडाडामा रहेको सहीद स्मारकमा प्रचण्ड लगाएतका नेताहरुले माल्यार्पण गरेका थिए । भने सहिद परिवारलाई सम्मान गरिएको थियो । नेकपा प्रचण्ड–नेपाल पक्षले मुलुकभर नै सहिद र उनका परिवारको सम्मानमा कार्यक्रम गर्न आन्तरिक सर्कुलर जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published.