July 26, 2021

दूतावासहरुले मागपत्र स्वीकृत नगर्दा समस्या

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले खाडी मुलुकमा रहेका नेपाली दूतावासहरुले मागपत्र स्वीकृत नगर्दा समस्या परेको जनाएको छ ।सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा संघका महासचिव सुजितकुमार श्रेष्ठले खाडी मुलुकबाट आएका मागपत्र सम्बन्धित देशका दूतावासबाट स्वीकृत नहुदा समस्या परेको बताउनुभउको हो ।

उहाले कोरोनालाई देखाउदै नेपाली दूतावासहरुले मागपत्र स्वीकृत गर्न आनाकानी गरिरहेको आरोप लगाउनुभयो । वैदेशिक रोजागरका निमित्त आएका मागपत्रको प्रमाणिकरण नभए नेपालमा आएको माग पनि गुम्न सक्ने उहाको भनाई छ । पर्यटक भिसालाईमात्र स्वीकृत हुँदा अन्य देशमा मावनतस्करी हुन सक्ने संभावना भएको उहाले बताउनुभयो ।उहाले मन्त्रिपरिषद्बाट नै बैदेशिक रोजगारलाई खुल्ला गर्ने निर्णय भएको भन्दै सम्बन्धीत दुतावासबाट मागपत्र स्वीकृत गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । छलफलपछि यस बिषयमा परराष्ट्र र श्रममन्त्रालयसंग यसबारे जानकारी लिइने समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.