April 15, 2024

देशका पहाडी तथा हिमाली भेगमा हर्षोल्लाससहित फागु पूर्णिमा मनाइदै

काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली भेगमा हर्षोल्लाससहित फागु पूर्णिमा अर्थात होली मनाइएको छ । हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । यस दिनमा आफन्त तथा मन मिलेका साथीबीच प्राकृतिक रङ लगाएर यो पर्व मनाउने गरिन्छ । रङ घोलेको पानी छ्यापाछ्याप पनि गर्ने गरिन्छ । विष्णुभक्त प्रल्हादलाई मार्न विष्णुका विरोधी दुष्ट हिरण्यकश्यपुले होलिकाको काखमा राखेर आगोमा होम्दा होलिका मरेकी तर प्रल्हाद जीवित रहेको पौराणिक कथन यो पर्वसँग जोडिएको छ । होली सुरु भएको संकेतका रूपमा एक साताअघि नै वसन्तपुर गद्दी बैठकको दक्षिण पटाङ्गिनीमा चीर ठड्याइएको थियो ।

काठमाडौंको धलासिक्वका मानन्धर समूहले परम्पराअनुसार नागार्जुन वनबाट ल्याएको लिंगोमा रङ्गीबिरङ्गी ध्वजासहित चीर ठड्याएका थिए । यो दिनबाटै फागु पर्वको उल्लास सुरु भएको मानिन्छ । तराई क्षेत्रमा भने होली पर्व शुक्रबार मनाइदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *