December 5, 2023

देशका सबै ७७ जिल्लामा विरोध प्रदर्शन

Image result for congress nepal

नेपाली कांग्रेसले सोमबार देशका सबै ७७ जिल्लामा विरोध प्रदर्शन गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरूद्धमा कांग्रेसले पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत सोमबार विरोध प्रदर्शन र सभा गरेको हो । यसै क्रममा उपत्यकाका तीनै जिल्लामा कांग्रेसले विरोध प्रदर्शन गरेको थियो । काठमाडौंको बसन्तपुरमा आयोजना गरिएको विरोधसभा अघि काठमाडौंको विभिन्न भागबाट जुलुस सहित कांग्रेस नेता, कार्यकर्ता वसन्तपुर पुगेका थिए ।

असन, इन्द्रचोक हुँदै वसन्तपुर पुगेको ¥याली त्यहाँ विरोध सभामा परिणत भएको थियो । सभामा कांग्रेसका नेताहरुले प्रधानमन्त्रीको असंवैधानिक कदमले लोकतन्त्र खतरामा परेको धारणा राखेका थिए । कांग्रेस नेता अर्जुन नरसिंह केसीले निर्वाचनका निम्ती कांग्रेस तयार भएपछि संसद बिघटन गर्ने कदम भने संविधानमाथिको आक्रमण भएको बताउनुभयो । त्यस्तै कांग्रेस नेता भीमसेनदास प्रधानले मुलुकमा कोरोना, रोजगारी , युवाहरुको समस्या रहेपछि प्रधानमन्त्री भने सत्ता जोगाउन लागेको आरोप लगाउनुभयो ।
संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले यसअघि पुस १३ देखि माघ २४ गतेसम्मको अवधिमा विरोध प्रदर्शन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *