May 23, 2024

देशभक्त जनगणतान्त्रीक मोर्चाले नागरिकता विधेयक खारेजीको माग

देशभक्त जनगणतान्त्रीक मोर्चाले नागरिकता विधेयक खारेजीको माग गर्दै राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएको छ । ने.क.पा.(क्रान्तिकारी माओवादी)का बरिष्ठ नेता सी.पी. गजुरेल नेतृत्वको टोलीले मंगलबार शितल निबास पुगेर प्रतिनिधिसभा र राष्ट्रिय सभाले हालै पारित गरेको नागरिकता विधेयक नेपालको राष्ट्रिय हितविपरीत रहेको भन्दै खारेजीको माग गर्दै राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएको हो । लोभ–लालच, आश्वासन–प्रलोभन, प्रभाव–दबाव र पैसाको चलखेलका आधारमा गैरनेपाली नागरिकले नागरिकता पाउने गरी राष्ट्रहित विपरीत नागरिकतासम्बन्धी विधेयक सदनबाट पारित गरिएको उनीहरुको भनाई छ । राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि प्रस्तुत भएको उक्त बिधेयक दक्षिण एसियाका अरु देशहरूको नागरिकता प्राप्तिका प्रबन्ध र प्रावधानसँग पनि कुनै तादाम्यता नरहेको मोर्चाले जनाएको छ । मोर्चाले नागरिकता बिधेयकमा सर्वपक्षीय सहमति आवश्यक रहकोमा जोड दिएको छ ।

यसबारे व्यापक मात्रामा छलफल र बहस गरी सर्वपक्षीय सहमति कायम गरेर मात्र यसलाई अन्तिम रूप दिनका लागि यो विधेयक संसद्मा नै फिर्ता पठाइयोस् भन्दै उनीहरुले ज्ञापन पत्र बुझाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *