July 13, 2024

देशलाई प्रतिगमनतर्फ धकेल्ने प्रयत्न भएको आरोप

Nepal's PM KP Sharma Oli 'claims' real Ayodhya is in Nepal - The Himalayan  Times - Nepal's No.1 English Daily Newspaper | Nepal News, Latest Politics,  Business, World, Sports, Entertainment, Travel, Life Style News

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई प्रतिगमनतर्फ धकेल्ने प्रयत्न भएको आरोप लगाउनुभएको छ । शनिबार केन्द्रीय कार्यालय थापाथलीबाट ओलीले भर्चुअल माध्यमबाट पार्टीको वडा अधिवेशन उद्घाटन गर्दै ओलीले अनुशासन हिनता राज्य तहबाट नै भइरहेकाले मुलुकलाई सत्तारुढ गठबन्धनले विपरीत र प्रतिगमनको तर्फ ढकेल्ने प्रयत्न गरको आरोप लगाउनुभएको हो । ओलीले वर्तमान सत्तारुढ गठबन्धन ’प्रतिक्रियावादी र प्रतिगामी’ भएको आरोप पनि लगाउनुभयो । आफू नेतृत्वको सरकार महान् उद्देयश्यका साथ अगाडि बढेको तर पाँच दलीय गठबन्धनले त्यसलाई हटाएको ओलीले बताउनुभयो । उहाले अहिले मुलुकमा दिशाहीन, जनविरोधी सरकार गठन भएको तर्क गर्नुभयो ।ओलीले आगामी निर्वाचनमा एक्लै सबैतहमा शानदार बहुमत ल्याउने गरी पार्टीले तयारी गरेको बताउनुभयो ।

सरकारबाट हटेपछि एमाले कमजोर भयो भनेर चलाइएको स्याल हुँइया आफैं कमजोर बनेको उहाले बताउनुभयो । अध्यक्ष ओलीले पार्टीका आन्तरिक समस्यालाइ बाहिर लगेर छर्ने र दुनियाँलाई हसाउने काम लामो समय देखि भइरहेको धारणा राख्नुभयो । खराव तत्वहरू बाहिरएपछि एमाले एकढिक्का बनेको उहाको भनाई छ ।ओलीले हालै वर्षा र बाढी–पहिरोका कारण क्षति भोगेका कृषकलाई उचित राहत र क्षतिपूर्ति प्रदान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

One thought on “देशलाई प्रतिगमनतर्फ धकेल्ने प्रयत्न भएको आरोप

  1. hey there and thank you for your info – I’ve certainly picked up anything new from right here. I did however expertise some technical points using this web site, since I experienced to reload the website lots of times previous to I could get it to load properly. I had been wondering if your web host is OK? Not that I am complaining, but sluggish loading instances times will very frequently affect your placement in google and can damage your quality score if ads and marketing with Adwords. Well I am adding this RSS to my e-mail and can look out for a lot more of your respective intriguing content. Ensure that you update this again very soon.

Leave a Reply

Your email address will not be published. Required fields are marked *