November 24, 2022

देश विकास गर्ने जनताको सपनालाई सत्ता गठबन्धनले मूर्छित पार्ने काम गरेको आरोप

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश विकास गर्ने जनताको सपनालाई सत्ता गठबन्धनले मूर्छित पार्ने काम गरेको आरोप लगाउनुभएको छ । प्रेस चौतारी नेपालको स्थापना दिवसका शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाले गठबन्धन सरकारले पूर्वाधार निर्माण लगाएतका कामहरु रोकेको भन्दै बिकासको सपनालाई मूर्छित पार्ने काम गरेको आरोप लगाउनुभएको हो । एमालेलाई समाप्त गर्ने बिषाक्त बिचार बोकेर निर्माण भएको गठबधनलाई राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका मुद्धामा कुनै चासो नै नरहेको उहाले बताउनुभयो । पोखरेलले बर्तमान सरकार बनेपछि कालापानी र लिपुलेकलाई पनि अपनत्व दिन नसकेको तर्क गर्नुभयो । एमालेले संघीयताको बलियो कार्यान्वयन चाहको भन्दै उहाले संघीयता नचाहनेहरुलाई लिएर गठबन्धन दल अघि बढेको बताउनुभयो । स्थानीय तहको चूनावको मिति घोषणा नगरेर परमादेश सरकारले संविधान र कानून उलंघन गरेको उहाको भनाई छ । उहाले स्थानीय तहको निर्वाचन समयमै नगराए जनपरिचालन गर्ने चेतावनी दिनुभयो ।

प्रेस चौतारी नेपालले २४औं स्थापना दिवसका अवसरमा विभिन्न व्यक्तिलाई पुरस्कार दिने घोषणा पनि गरेको छ । प्रेस चौतारी नेपाल ०५५ सालमा स्थापना भएको हो ।

Leave a Reply

Your email address will not be published.