December 5, 2023

नयाँ अठोटका साथ मुलुक अघि बढिरहेको

Image result for oli

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य लिएर नयाँ अठोटका साथ मुलुक अघि बढिरहेको बताउनुभएको छ । बिहबिार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समाजकल्याण परिषद् र विश्वविद्यालयहरुबीच परियोजना मूल्याङ्कनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा उहाले मुलुकको गन्तव्य भेट्न पनि अनुगमन मूल्याङकन जस्ता कार्यक्रमले मुख्य भूमिका खेल्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले सुखी नेपाली हुनका लागि अधिकार, सामाजिक न्याय र समानता तथा निर्भय वातावरण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सुशासन, पारदर्शिता र स्वच्छताका लागि नियामक निकायले नियमन, अनुगमन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकले अङ्गीकार गरेको सदुपयोगको सिद्धान्तअनुसार जमीन, पानी, खानी, जनशक्ति र बौद्धिक क्षमता तथा परम्परागत ज्ञानको सदुपयोग जरुरी रहेको धारणा राख्नुभयो । सङ्घसंस्थाले गरेका कामको अनुगमन हुने भन्दै उहाले परियोजना मूल्याङ्कनसम्बन्ध कार्यक्रम लागू गर्नेलाई पनि सावधानी अपनाउन प्रेरित गर्ने जिकिर गर्नुभयो । सामाजिक क्षेत्र र समाजकल्याणका क्षेत्रका कार्यक्रम अनुगमनका अभावमा अलपत्र हुने जनगुनासो आएको भन्दै पहिलो पटक रु एक करोडभन्दा मुनिका परियोजनामा विश्वविद्यालयका विद्यार्थी सहभागी गराएर परियोजना मूल्याङ्कन गर्ने कार्य प्रारम्भ गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *