July 20, 2021

नयाँ जनादेशमा जान बाध्य

गृह पृष्ठ - Janadesh Khabar

गृह तथा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभाले वैकल्पिक सरकार बनाउन नसक्ने अवस्था आएपछि नयाँ जनादेशमा जान बाध्य भएको बताउनुभएको छ ।शनिबार कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको बुटवलमा उद्घाटन गर्दै पौडेलले राजनीतिक स्थिरता र देशलाई निकास दिन पनि बाध्य भएर सरकारलाई ताजा जनादेशमा जानु पर्ने बाध्यता सिर्जना भएको बताउनुभएको हो ।संविधान निर्माणपछि राजनीतिक मुद्दामा नभई विकास र समृद्धिमा लाग्नु पर्ने बेलामा देशमा अनपेक्षित दृश्य देखा परेको जानकारी दिनुभयो ।पौंडेलले अनेकौ समस्याका बीच पनि सरकारले निर्वाचनमा व्यक्त गरे अनुसार विकासका कामहरु पूरा गरेको धारणा राख्नुभयो । उहाले बिकासको अभियानमा सवै एक भएर अघि बढ्नुपर्ने जिकिर गर्नुभयो ।

कालीगण्डकी नदीको राम्दी पुलदेखि २ दशमलव ३ किलोमिटर तल रहेको रम्भा गाउँपालिका–३ क्षेत्रबाट २७ किलोमिटर सुरुङ हुँदै पाल्पाको तिनाउ–३ दोभानमा पानी खसाल्ने योजना रहेको छ । सुरुङ मार्फत ८२ घनमिटर प्रतिलिटर पानी ल्याएपछि दोभान ड्याम निर्माण गरी ५४ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ भने दोभानबाट ७ किलोमिटर सुरुङहुँदै रुपन्देहीको बुटवल उपमहानगर–१३ बेलबासमा पानी खसाली ७२ मेगावाट विद्याुत उत्पादन हुने मन्त्री पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.