October 9, 2021

नयाँ नेतृत्वको लागि शनिबार मतदान भएको

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको लागि शनिबार मतदान भएको छ ।महासंघको ५४ औं वार्षिक साधारणसभाको बन्दसत्र सम्पन्न भएसँगै आउँदो वरिष्ठ उपाध्यक्षलगायत पदाधिकारी चयनका लागि मतदान भएको हो । महासंघमा ६३ पदका लागि १ सय २७ जनाको उम्मेदवारी परेको छ । महासंघको वर्तमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनुहुनेछ । वरिष्ठ उपाध्यक्षसहित अन्य बाँकी पदहरूमा मात्र चुनाव भएको हो ।महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान समूहबीच तीव्र प्रतिस्पर्धा छ ।

दुई जना कार्यसमिति सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन् ।प्रदेश–१ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट सन्दीप अग्रवाल निर्विरोध चयन हुनुभएको छ ।जिल्ला नगर समूहतर्फ १८ कार्यकारिणी सदस्यका लागि ३८ जना मैदानमा छन् । यस्तै, एसोसिएतर्फ १९ कार्यकारिणी सदस्यका लागि ३१ र वस्तुतगत संघतर्फ १४ पदका लागि २८ जनाले उम्मेदवारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published.