March 25, 2023

नयाँ नेपाल बनाउने दायित्व एमालेको काधमा रहेको

Asta Laxmi Shakya (Bohara)

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नयाँ नेपाल बनाउने दायित्व एमालेको काधमा रहेको बताउनुभएको छ । अखिल नेपाल महिला संघले सोमबार ललितपुरमा आयोजना गरेको समावेशिता सहित एक तिहाई महिला सहभागीता बिषयक अन्तक्र्रियामा शाक्यले अधिकार सहितको समृद्ध नेपाल एमालेबाहेकले बनाउन नसक्ने समेत बताउनुभयो । उहाले मुलुक बनाउने एमालेको अभिभारलाई पुरा गर्नका लागि पार्टी भित्रको महिला शक्ति शसक्त भएर लाग्नुपर्ने धारणा पनि राख्नुभयो । अहिले देखिएको बेतिथी बिकृतिलाई अन्त्य गर्दै मुलुकमा राजनीतिक स्थायीत्व कायम गर्नुपर्ने उहाको भनाई छ । उहाले पार्टीलाई एकतावद्ध र बिचारसहित बिधियुक्त बनाउदै समाजलाई रुपान्तरित गर्न एमालेले मुख्य भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले उग्रताका कुरा गर्ने अन्त्यमा दक्षिणपन्थी अवसरबादको सिकार हुन्छ भन्ने कुरा प्रचण्ड र माधव नेपालमा देखिएको बताउनुभयो ।

उहाले कांग्रेसलाई नेता बनाएर कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन प्रचण्ड र माधव नेपालले भूमिका खेलेको आरोप पनि लगाउनुभयो । उहाले एमालेले अघि सारेको एजेण्डा र लक्ष्यका आधारमा पार्टीलाई तिनै तहको निर्वाचनमा बहुमतप्राप्त पार्टीको रुपमा स्थापीत गर्नुपर्ने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published.