December 1, 2023

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको ४४औँ प्रधानमन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।सोमबार नै प्रचण्डले सानो आकारको मन्त्रीमण्डल गठन गर्नुभएको छ । जस अनुसार उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेल, उपप्रधान एवं भौतिक पूर्वाधार नारायणकाजी श्रेष्ठ र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पद तथा गोपनियताको सपथ लिनुभएको छ । त्यस्तै विना बिभागीय मन्त्रीहरु ज्वालाकुमारी शाह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

सपथ ग्रहण कार्यक्रमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्व प्रधानमन्त्रीहरु लगाएतको उपस्थीति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *