April 15, 2024

नवनियुक्त शहरी विकास मन्त्री मेटमणि चौधरीले पदभार ग्रहण

नवनियुक्त शहरी विकास मन्त्री मेटमणि चौधरीले पदभार ग्रहण गर्नुभएको छ । सोमबार पद तथा गोपनियताको सपथ लिएपछि मन्त्री चौधरीले सिंहदरबारमा पदभार ग्रहण गर्नुभएको हो । सो क्रममा उहाले शहरी ऐनलाई अघि बढाउने प्रस्तावमा हस्ताक्षर गर्नुभएको थियो । पदभारपछि मन्त्री चौधरीले क्षमताअनुसार काम गरेर देखाउने प्रतिवद्धता जनाउनुभयो । उहाले आफुले सवैसंग मिलेर काम गर्ने भन्दै पाँच महिनाको अबधीमा नजिता देखिने गरि काम गर्ने पनि बताउनुभयो ।

उहाले यसअघि भएका कामको निरन्तरता र नयाँ काममा आफ्नो ध्यान रहने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *