December 5, 2023

नवनियुक्त स्वास्थ्य मन्त्री पदम गिरीले नेपालका अस्पतालमा न्यूनतम मापदण्ड सुनिश्चित गराउने निर्णयमा हस्ताक्षर

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नेपालका अस्पतालमा न्यूनतम मापदण्ड सुनिश्चित गराउने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । मंगलबार पदभार ग्रहण गर्दै मन्त्री गिरीले गुणस्तरीय स्वास्थ्य सेवाका लागि अस्पतालमा न्यूनतम मापदण्ड सुनिश्चित गराउने निर्णयमा हस्ताक्षर गर्नुभएको हो । सो क्रममा उहाले बिभिन्न अस्पताल र स्वास्थ्य केन्द्रहरुलाई सुविधा सम्पन्न बनाउनुपर्ने बताउनुभयो । उहाले सबै जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने सुनिश्चिता गर्ने अठोट व्यक्त गर्नुभयो । गरिव बिपन्न बर्गहरु अहिलेपनि सहज रुपमा उपचार गर्नबाट बञ्चित हुनुपरेको र मृत्युबरण समेत गर्नुपरेको अवस्थामा स्वास्थय सेवालाई सहज र सुलभ बनाउनुपर्ने उहाको भनाइ छ ।

मन्त्री गिरीले स्वास्थ्य बिमालाइ प्रभावकारी बनाइने धारणा राख्नुभयो । त्यस्तै स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले संविधानले व्यबस्था गरेको स्वास्थ्य सेवाको अधिकारलाई स्थापीत गर्ने बताउनुभयो । उहाले आकस्मीक स्वास्थ्य सेवाबाट कुनै पनि नागरिकलाई बञ्चित गर्न नपरोस भनेर आवश्यक कार्य गर्ने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *