November 27, 2022

नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह लगाएत नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा निर्वाचित साहलाई शपथ गराउनुभयो । त्यस्तै प्रमुख साहले उपप्रमुखमा निर्वाचित सुनिता डङ्गोल, ३२ वटै वडाका वडाध्यक्ष र वडा सदस्यलाई शपथ गराउनुभएको थियो । उपप्रमुख डङ्गोलले नेपाल भाषामा शपथ लिनुभएको थियो । प्रमुख साहले पनि मुख्य निर्वाचन अधिकृतबाट शपथ लिएपछि नेपाल भाषामा शपथको व्यहोरा पढ्नुभएको थियो । प्रमुख साह र उपप्रमुख डङ्गोलले सोमबार नै पदवहाली गर्नुभएको छ । पदभार गर्दै काठमाडौं महानगर प्रमुख साहले काठमाडौंको फोहर समस्याको दिर्घकालिन समाधान खोजिने बताउनुभयो । त्यस्तै उपप्रमुख डङ्गोलले काठमाडौं बासिन्दाको जनजिवन सहज गर्नका लागि काम गर्ने बताउनुभयो । उहाले सवैको सहकार्यमा नै अघि बढ्ने धारणाा राख्नुभयो । गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट प्रमुखमा स्वतन्त्र उम्मेदवार साह र उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोल निर्वाचित हुनुभएको थियो ।

तीन लाख २४२ मतदाता रहेको कामपामा करिब एक लाख ९० हजार ९६२ मत खसेको थियो । सात हजार ६८२ मत पूर्ण बदर भएको थियो ।

Leave a Reply

Your email address will not be published.