January 19, 2022

नवनिर्वाचित सचिव रघुवीर महासेठले वर्तमान सरकार कुनैपनि क्षेत्रमा सफल हुन नसकेको टिप्पणी

Nepal Infrastructure Summit 2019

नेकपा (एमाले) का नवनिर्वाचित सचिव रघुवीर महासेठले वर्तमान सरकार कुनैपनि क्षेत्रमा सफल हुन नसकेको टिप्पणी गरेका गर्नुभएको छ । आइतबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महासेठले सरकार असफल भएको भन्दै अहिले ताजा जनादेशको आवश्यक्ता रहेको बताउनुभयो । उहाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही मंसिर २८ गतेको लागि संसद् अधिवेशन आह्वान भएको उल्लेख गर्दै उक्त दिन आफूहरुले कारबाही गरिसकेका सांसदहरुको उपस्थिति रह्यो भने पार्टीले सदन चल्न नदिने चेतावनी दिनभयो । महासेठले नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर गरेको आन्दोलन गलत भएको भन्दै तत्काल फिर्ता लिन माग गर्नुभयो ।

amir

अहिले देशमा न्याय सेवा पनि प्रभावित भएको र यसको कारण वर्तमान सरकार नै भएको पनि उहाले बताउनुभयो । महासेठले एमालेको १०औं राष्ट्रिय महाधिवेशन सफल रुपमा सम्पन्न गरेको र यो ऐतिहासिक भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.