July 29, 2021

नागरिकको स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गर्न सरकार गम्भीर

https://www.himalpost.com/nembang-sabhamukh/ 2019-10-15T01:48:16Z  https://www.himalpost.com/wp-content/uploads/2019/10/suvas-nembang.jpeg  suvas nembang https://www.himalpost.com/wc-changed/ 2019-10-15T04:00:13Z  https://www.himalpost ...

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले हरेक नागरिकको स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गर्न सरकार गम्भीर र सम्वेदनशील रहेको बताउनुभएको छ ।शुक्रबार छैठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले कोरोनाबाट बच्न सरकारले जारी गरेको आदेश, अपिल र अनुरोधलाई इमान्दारपूर्वक पालना गर्न पनि आह्वान पनि गर्नुभयो ।मन्त्री गुरुङले कोरोना महमारी बढेसंगै गुनासो पनि बढेको भन्दै अक्सिजन लगाएतका अन्य व्यवस्थापन गर्न सरकार तीव्र रुपले लागेको बताउनुभयो ।गुरुङले पत्रकारहरूले अहिलेको अवस्थामा समाजबाट कोभिडमुक्त गर्न सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो ।उहाँले कोभिडको महामारीमा सामाजिक सञ्जालको प्रयोग गर्दै कोभिडबाट निको हुने घरेलु उपायहरू सेयर गरेर सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मन्त्रालयले वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार १६ जना पत्रकारलाई प्रदान गर्ने घोषणा गरेको छ । जसअनुसार वरिष्ठ पत्रकार सम्मान २०७६ बाट स्व सुकदेव नेपाल र हर्ष सुब्बा पुरस्कृत हुनुभएको छ भने वरिष्ठ पत्रकार सम्मान २०७७ बाट रघु मैनाली र शार्दूल भट्टराई हुनुभएको छ । उक्त पुरस्कारको राशि जनही २ लाख रहेको छ ।त्यस्तै राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ बाट इन्द्र बुढा, मात्रिका पौडेल ,संगिता खड्का, शेषराज दाहाल, हेमन्तबहादुर विक र शीतल साह पुरस्कृत हुनुभएको छ भने राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट दिलीपकुमार थापामगर, दीपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, शुरोजंग पाण्डे, नितु पण्डित र पुनम पौडेल पुरस्कृत हुनुभएको छ । उक्त पुरस्कारको राशि जनही १ लाख रहेको छ ।

Leave a Reply

Your email address will not be published.