November 29, 2022

नागरिकता विधेयक पारित नगर्ने राष्ट्रपतिको कदम बिरुद्ध कानूनी उपाय खोजिने

Madhav Nepal back to UML, but his coexistence with Oli won't be easy

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नागरिकता विधेयक पारित नगर्ने राष्ट्रपतिको कदम बिरुद्ध कानूनी उपाय खोजिने बताउनुभएको छ । बुधबार काठमाडौंमा पार्टी निकट युवा संघ नेपालको बैठकपछि सञ्चारकर्मीसंग कुरा गदै अध्यक्ष नेपालले संवैधानिक व्यवस्थालाई उलंघन गरेर राष्ट्रपतिले राम्रो काम नगरेको र नजिर पनि राम्रो नबसेको भन्दै कानूनी उपाय खोजिने बताउनुभएको हो । कानूनी उपाय खोज्ने बारेमा गठबन्धनमा छलफल भइरहेको पनि उहाले बताउनुभयो । उहाले राष्ट्रपतिले अहिले संविधान नै उलंघन गरेका कारण भविष्यमा पनि कानून उलंघन गर्ने संभावना देखिएको तर्क गर्नुभयो । अध्यक्ष नेपालले नागरिकता विधेयकका बिषयमा अध्यादेशमा जान नहुने धारणा पनि राख्नुभयो । त्यसअघि कार्यक्रममा अध्यक्ष नेपालले सीट बाँडफाँटमा कांग्रेसले दम्भ देखाएको बताउनुभयो । उहाले कांग्रेसमा देश नै आफ्नो पेवा ठान्ने जस्तो प्रवृत्ति देखिएको समेत जिकिर गर्नुभयो ।

अध्यक्ष नेपालले शक्ति बढ्दा कुरा ठूला आउने र कमजोर हुँदा सवैले हेप्ने भएकाले पार्टीलाई बलियो बनाउनुपर्ने बताउनुभयो । त्यस्तै उहाले सीट बाँडफाँटमा सहमतिको अन्तिम प्रयास जारी रहेको धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published.