November 28, 2022

नागरिकता सम्बन्धी अर्को विधेयक दर्ता गराउने तयारी

सरकारले प्रतिनिधिसभाको बैठक आगामी बैठकमा नागरिकता सम्बन्धी अर्को विधेयक दर्ता गराउने तयारी गरेको छ । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले संसदको आगामी बैठकमा यसअघि पेस भएको विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गराउने जानकारी गृहमन्त्रीले दिएको बताउनुभयो । संसद भवनमा पत्रकारसंग कुरा गर्दै उहाले लामो समयदेखि नागरिकता बिधेयकलाई अल्झाई राखेकाले नयाँ बिधेयक ल्याउनु सकारात्मक भएको बताउनुभयो । दलहरुबीच नागरिकताका बिषयमा भएको सहमतिलाई समावेश गर्दै नयाँ बिधेयक ल्याउने जानकारी पनि गृहमन्त्रीले गराएको उहाको भनाई छ । उहाले जन्मसिद्धका सन्तानलाई नागरिकता प्रदान गर्ने सन्दर्भमा संवैधानिक व्यवस्था अनुसारको कानून ल्याएर पास गर्ने भन्ने सहमति भएको बताउनुभयो ।

यसअघि प्रतिनिधि सभामा करिव चार वर्षदेखि विचाराधीन नागरिकता विधेयकलाई सरकारले फिर्ता लिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published.