



बीएण्डसी मेडिकल कलेजलाई सरकारले सम्बन्धन दिन खोजेको भन्दै नागरिक अभियन्ताहरुले बिरोध प्रदर्शन गरेका छन् ।उनीहरुले शुक्रबार बालुवाटार नजिक प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ’स्वास्थ्य सेवा हो, व्यापार होइन, सरकार सेवक हो, मालिक होइन’ , सिटामोलमा व्यापार लर्गातका प्लेकार्ड प्रदर्शन गरेका थिए । केहिबेर प्रदर्शन गरेपछि प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अभियन्ता नारायण वाग्ले, खगेन्द्र संग्रौला,संजीव उप्रेती, अर्चना थापा, सरिता परियार, रिता परियार लगाएतलाई प्रहरीले नियन्त्रणमा लिएको बृहत नागरिक आन्दोलनले जनाएको छ ।
यसअघि बिहीबार डा. गोविन्द केसीले झापाको बि एण्ड सी मेडिकल कलेजलाइ सम्बन्धन दिन लाागिएको भन्दै विरोध जनाउनुभएको थियो भने शुक्रबार केसीले चोर बाटोबाट सम्बन्धन प्रदान गर्ने नियतले चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक डाक्नुभएको भन्दै त्यसप्रति सचेत गराउन प्रधानमन्त्रीलाई पत्र लेख्नुभएको छ । आयोगको बैठकबाट बि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिए प्रधानमन्त्री ओलीले गर्नुभएका अन्य भ्रष्ट तथा अनैतिक कार्यहरुको विरुद्धमा अर्को चरणको सत्याग्रह सुरु गर्ने केसीले चेतावनी दिनु भएको छ ।
