August 1, 2021

नागरिक समाजले काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन

प्रतिनिधिसभा विघटनको विरोधमा शनिबार पनि नागरिक समाजले काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरेको छ ।शनिबार काठमाडौंको माइतिघरमा बिभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीतामा संसद बिघटनको विरोधमा विरोध प्रदर्शन गरिएको हो ।‘प्रतिनिधिसभा विघटनविरुद्ध अहिंसात्मक नागरिक प्रदर्शन भन्दै गरिएको विरोधमा डा गोविन्द केसी, चर्चित पूर्वप्रहरी डीआईजी रमेश खरेललगायतका व्यक्तिहरु सहभागी भएका थिए ।सहभागीहरुले ‘नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ, संवैधानिक सर्वोच्चता कायम गर, कानुनविरुद्धको षड्यन्त्र बन्द गर’ लगायत नाराअंकित प्लेकार्ड बोकेर सरकारको विरोध गरेका थिए ।

माइतिघरबाट सुरु विरोध प्रदर्शन नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो, सभामा डा गोविन्द केसीले प्रधानमन्त्री ओली तानाशाहको बाटोमा अघि बढेको आरोप लगाउनुभयो । मुलुकमा हत्या हिंसा, भ्रष्टचार, अनियमिता बढ्दै गएपनि सरकार भने मौन रहेको उहाले बताउनुभयो ।प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि नागरिकस्तरमा लगातार प्रदर्शनका कार्यक्रमहरु भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published.