October 29, 2021

नागरिक समाजले गरेको बालुवाटार मार्च मा प्रहरीद्धारा हस्तक्षेप

नागरिक समाजले गरेको बालुवाटार मार्च मा प्रहरीद्धारा हस्तक्षेप गरेको छ ।शान्तिपूर्ण रुपमा कमलपोखरीदेखि बालुवाटारसम्म जाने क्रममा प्रहरीले भाटभटेनी अगाडि पुग्दा हस्तक्षेप गरेको छ । प्रहरीले हस्तक्षेप गर्दा केहि प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले लाठीचार्ज गरेपछि प्रदर्शनकारीहरुले प्रहरीबिरुद्ध नै नारा लगाएका थिए । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दै नागरिक अगुवा, कवि, कलाकार, लेखक लगायतका अभियन्ताहरु सोमबारको प्रदर्शनमा सहभागी थिए ।

शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी प्रशासनले हस्तक्षेप गर्नुका साथै लाठी चार्ज गरेपछि लेखक तथा पत्रकार नारायण वाग्लेले यसलाई ‘तेस्रो जनआन्दोलन सुरु’ भएको संज्ञा दिनुभएको छ ।घाइतेको पहिचान गरि उपचार सुरु गरिएको उहाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.