December 1, 2023

नारायणहिटी दरबार संग्रहालय परिसरभित्र व्यापारिक हिसावले बनाइएको संरचना हटाएरै छाड्ने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालय परिसरभित्र व्यापारिक हिसावले बनाइएको संरचना हटाएरै छाड्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार निजगढ बिमानस्थलका बिषयमा बसेको सर्वदलिय बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री ओलीले नारायणहिटी दरबार संग्रहालयको संरक्षणका लागि मन्त्रीस्तरिय वा मन्त्रीपरिषदबाट निर्णय गरेर संरचना हटाएरै छाड्ने बताउनुभएको हो । उहाले एकपटकका लागि नभएर सदा सदाका लागि संग्रहालय परिसरभित्र कुनै व्यापारिक संरचना राख्न नदिने स्पष्ट पार्नुभयो । त्यस्तै सर्वदलिय बैठकमा निजगढ बिमानस्थल निर्माणलाई अघि बढाउन प्रधानमन्त्री लगाएत सवै दल सहमत भएको उहाले जानकारी दिनुभयो । काठमाडौं बिमानस्थलको बिकल्पको रुपमा निजगढ अन्तराष्ट्रिय बिमानस्थल बन्ने भन्दै उहाले आठ हजार ५० हेक्टर जमिन बिमानस्थलको नाममा आइसकेको जानकारी दिनुभयो । मन्त्री आलेले बिमानस्थल नजिकको नदि संरक्षणका साथै टाङ्गीया वस्ती स्थानान्तरण गरिने बताउनुभयो । उहाले बिमानस्थललाई अघि बढाउनका लािग बिभिन्न मोडलमा छलफल भइरहेको जानकारी गराउनुभयो ।

बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राज कुमार क्षेत्रीले निजगढ अन्तराष्ट्रिय बिमानस्थलको सम्भाव्य योजनाका बारेमा जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *