November 30, 2023

निफको पाँचौ संस्करण चैत १७ गतेदेखि २१ गतेसम्म हुने

Chalchitra 1 | CHALCHITRA is a special form of folk art of B… | Flickr

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौ संस्करण चैत १७ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक निफले सोमबार काठमाडौंमा पत्रकार स्म्मेलन गर्दै चैत्र १० गते हुने भनिएको महोत्सव चैत्र १७ गतेबाट हुने जानकारी दिएको हो । महोत्सवको मिति प्राविधिक कारणका कारण परिवर्तन गरिएको निफका अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो । यसवर्षको निफमा ३८ देशका ८९ फिल्महरुबिच प्रतिस्पर्धा हुने छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामो, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ वटा विधामा १४ वटा पुरस्कार दिइने पाठकले बताउनुभयो । ‘विश्वभरिका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने यस वर्षको नारा रहेको छ । यो वर्ष नेपाली प्रतिस्पर्धामा ‘बेस्ट डकुमेन्ट्री अवार्ड’ थप गरिएको छ। प्रतिस्पर्धामा उत्कृष्ट हुनेलाई पचास हजार नगद पुरस्कार प्रदान गरिने अध्यक्ष पाठकले बताउनुभयो ।

गतवर्ष कोरोना महामारीको कारण भर्चुअल रुपमा आयोजना भएको निफ यसवर्ष राष्ट्रिय सभा गृह र पर्यटन बोर्डको हलमा भौतिक रुपमै सञ्चालन हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *