April 15, 2024

निमुखा जनताको पक्षमा राजनीति गर्ने बेला आएको छ: पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा रामवरण यादवले निमुखा जनताको पक्षमा राजनीति गर्ने बेला आएको बताउनुभएको छ । शुक्रबार भक्तपुरमा नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीले १५३ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा गरेको कार्यक्रममा उहाले जनताको समस्या बुझ्दै निमुखा जनताको पक्षमा राजनीति गर्ने बेला आएको बताउनुभएको हो । गान्धीको विकासको सोच, निमुखा जनताप्रति करुणा राख्ने राजनीति रहेपनि अहिलेको राजनीतिक निमुखाको पक्षमा हुन नसकेको उहाले बताउनुभयो । उहाले अव युवाबर्गले जनताका लागि राजनीति गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले विश्व सङ्कटमा र आफ्नो देश सङ्कटमा पर्दा पनि देशको नेतृत्व गर्नेलाई कुनै मतलब नभएको टिप्पणी गर्नुभयो । यादवले भारतमा चर्खा आन्दोलन गरेर अङ्ग्रेजबाट देशलाई मुक्त गराउन गान्धीको योगदान ठूलो रहेको बताउनुभयो ।

उहाँले मानव जातीले जल, जमिन, हावालगायत प्राकृतिक विनाश निम्त्याउँदा विश्वमा खाद्य सङ्कट, इन्धन सङ्कट बढ्दै गएको पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *