
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धक्क तरिकाले मतदान गर्नुहुन मतदाताहरूलाई आह्वान गर्नुभएको छ । बिहीबार आयोगमा पत्रकार सम्मेलन गर्दै थपलियाले कसैको प्रलोभन वा प्रभावमा नपरी आफूलाई मन परेको उम्मेदवारको निर्वाचन चिन्हमा स्वस्तिक छाप लगाई आफूले प्रदान गरेको अमूल्य मत बदर नहुने गरी निर्धक्क तरिकाले मतदान गर्न मतदाताहरूलाई आह्वान गर्नुभएको हो । शुक्रवार हुने स्थानीय तह निर्वाचनका लागि सबै तयारी पूरा भइसकेको उहाले जानकारी दिनुभयो । प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशिला र लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन भएको भन्दै प्रमुख आयुक्त थपलियाले पद पैसा र पहुँचबाट निर्देशित नहुन र आश्वासनमा नपर्न पनि आह्वान गर्नुभएको छ । मतदान सकिनासाथ सुरक्षित तरिकाले मतपेटिका ढुवानी र लगत्तै गणनाको व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
मतदानको अघिल्लो दिनसम्म १८ वर्ष उमेर पूरा भएका नागरिकलाई मतदानको व्यवस्था गरिएको यो पहिलो अवसर भएको थपलियाले बताउनुभयो