April 15, 2024

निर्माण सामग्री अत्यधिक महँगो भएको भन्दै निर्माण होलिडे घोषणा गर्न सरकारसँग माग

नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्री अत्यधिक महँगो भएको भन्दै निर्माण होलिडे घोषणा गर्न सरकारसँग माग गरेको छ । महासंघको हालै सम्पन्न राष्टिय भेलाका निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामग्री अत्यधिक महँगो भएका कारण लागत पनि बढ्न जाने भएकाले निर्माण होलिडे घोषणा गर्नुपर्ने बताउनुभयो । उहाले निर्माण होलिडे घोषणा गर्न नसकिए निर्माण सामग्रीमा भएको मूल्यवृद्धिको असर न्यून गर्न आग्रह गर्नुभयो । अध्यक्ष सिंहले अहिलेकै अवस्थामा निर्माण कार्य अघि बढाउन नसकिने बताउनुभयो । निर्माण सामाग्रीमा भएको शतप्रतिशत मूल्यवृद्धिसँगै बजारमा तिनको अभाव र कालोबजारी समेत सुरु भएको अध्यक्ष सिंहले बताउनुभयो । मूल्यवृद्धिको समायोजनका लागि सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम सबै आयोजनाहरूमा व्यवसायीले मूल्यवृद्धि पाउने गरी २०६५ सालमा जस्तै सार्वजनिक खरिद अनुगमन कार्यालयले प्राविधिक मागदर्शन नं.–२ तुरुन्त जारी गर्नु पर्ने उहाले बताउनुभयो ।

महासंघले सार्वजनिक खरिद नियमावली, २०६४ को एघारौँ संशोधनको त्रुटि सच्याएर मुलुकको निर्माण उद्योगलाई व्यवस्थित तथा मर्यादित बनाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *