January 22, 2023

निर्वाचनका लागि सिफारिस गरेको उम्मेदवारीलाई जिल्ला समितिले उल्टाइदिएको भन्दै नेता तथा कार्यकर्ताहरुले असन्तुष्टि

नेपाली कांग्रेस सर्लाहीको क्षेत्रले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सिफारिस गरेको उम्मेदवारीलाई जिल्ला समितिले उल्टाइदिएको भन्दै नेता तथा कार्यकर्ताहरुले असन्तुष्टि पोखेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जिल्ला कार्य समितिमा रहेका नेता तथा कार्यकर्ताहरुले पार्टीको विधानविपरित कार्य गरेको भन्दै असन्तुष्टि पोखेका हुन् । उम्मेदवार सिफारिशमै विधानविपरित गतिविधि भएको भन्दै निर्वाचनमा पार्टीले व्यहोर्ने क्षतिको जिम्मा नेतृत्व स्वयमले लिनुपर्ने उनीहरुको चेतावनी छ । पार्टीका महाधिवेशन प्रतिनिधि प्रमोद बरालले विधि र विधानलाई उल्लंघन गरेर जिल्ला कार्य समितिले केन्द्रमा उम्मेदवारको नाम पठाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । जिल्ला समितिले क्षेत्रिय समिति र प्रदेश समितिले प्रस्ताव गरेको नाम हटाएर आफन्त, जुनियरहरुलाई विपिको सिद्धान्त मिचेर सिफारिस गरेको उहाको भनाई छ । यसैगरी, अर्का महाधिवेशन प्रतिनिधि शिव गुर्माछानेले धेरै पार्टीमा खेमाको बारेमा विषय उठान हुँदै आएको भन्दै आफुहरु विशुद्ध एकता, आगामी चुनावमा पार्टीलाई जिताउने र सफल गराउनको लागि विधि र विधानअनुरुप गतिविधि हुनुपर्नेमा जोड दिएको बताउनुभयो ।

सर्लाही कांग्रेस सभापति सुरेन्द्र प्रसाद सिंहले क्षेत्रबाट सिफारिश गरेर पठाएको डा. अमरेश कुमार सिंहको नाम काटेपछि त्यहाँ विवाद चुलिएको थियो ।

Leave a Reply

Your email address will not be published.