
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मतगणतास्थलमा सीसीटीभी जडान गर्ने भएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतगणना स्थलको हकमा सबै ठाउँमा सीसीटीभीको व्यवस्था गराइने जानकारी दिनुभएको हो । उहाले सीसीटीभीको निगरानी आयोगले गर्ने जानकारी दिनुभयो । त्यस्तै प्रवक्ता पौडेलले सवै निर्वाचन केन्द्रमा सीसीटीभी जडान गर्न भने नसकिएको बताउनुभयो । त्यस्तै उहाले स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलहरूलाई १७ बुँदे निर्देशन जारी गरिएको उल्लेख गर्नुभयो । स्थानीय तह निर्वाचन, २०७९ को व्यवस्थापन र सञ्चालनलाई लैंगिक तथा समावेशी बनाइ महिला तथा समावेशी समूहका व्यक्तिहरूलाई निर्वाचन प्रक्रियामा बढीभन्दा बढी सहभागिता र प्रतिनिधित्व गराउन पनि ध्यानाकर्षण गराइएको उहाले बताउनुभयो ।
त्यस्तै आयोगका कल सेन्टरमा तीनसय भन्दा बढि जिज्ञासा आएको प्रवक्ता पौडेलले बताउनुभयो ।