November 30, 2023

निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पुरा: नेपाल प्रहरी

Nepal Police job vacancy notice for office assistant Player Cook Gardener -  Exam Sanjal

नेपाल प्रहरीले आइतबार हुने निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पुरा भइसकेको जनाएको छ । निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरी सहित १ लाख ८६ हजार ६ सय ९३ जना प्रहरी परिचालन गरिएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिनुभयो । शनिबार हिमालयन न्युज एजेन्सीसंग कुरा गर्दै प्रवक्ता राइले निर्वाचन शान्तिपूर्ण रुपमा सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।मतदानस्थलमा ढुङ्गामुडा गर्ने, मतदान कार्यक्रमलाई स्थगीत गर्ने, मतपेटिकालाई तोडफोड गर्ने, लिएर भाग्ने लगाएतका गतिविधि गर्ने विरुद्ध प्रहरीले आवश्यक बल प्रयोग गर्ने र आवश्यक परे गोलि समेत हान्न सक्ने आदेश जारी भएको उहाले जानकारी दिनुभयो । प्रवक्ता राईले निर्वाचन बिरोधी गतिविधि गर्ने ३१ समूहहरु पहिचान भइसकेकाले निगरानी राखिएको र केहिलाई पक्राउ गरि मुद्धा चलाइएको बताउनुभयो ।

उहाले निर्वाचनका लागि सादा पोशाकका प्रहरी परिचालनका साथै रिर्जभ टोली राखिएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *