December 5, 2023

निर्वाचनमा अत्याधिक बिजय हासिल गर्न एमालेलाई कसैले पनि रोक्न नसक्ने दावी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा अत्याधिक बिजय हासिल गर्न एमालेलाई कसैले पनि रोक्न नसक्ने दावी गर्नुभएको छ । शनिबार काठमाडौंमा एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले गठबन्धनलाई जनताको आँगनमा पछारिदिने भन्दै निर्वाचनमा अत्याधिक बिजय हासिल गर्न एमालेलाई कसैले रोक्न नसक्ने बताउनुभएको हो । उहाले अव हुने स्थानीय तहको चूनावको नजिताले प्रादेशिक र संघीय चुनावको झलक दिने धारणा राख्नुभयो । अव २० हजार भन्दा बढि जनप्रतिनिधि जिताउनुपर्ने र ४ भन्दा बढि पालीकामा एमालेले बिजयी हासिल गर्नुपर्ने उहाको भनाई छ । त्यस्तै अध्यक्ष ओलीले स्यालहरुको मोर्चा कसेर हातीको सिकार गर्न नसकिने भन्दै गठबन्धनको मनौबैज्ञानिक त्रास त्याग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । पाँच दलीय गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र) कमजोर भइरहेको जिकिर गदै उहाले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) अझै दल बन्न नसकेको टिप्पणी गर्नुभयो । ओलीले अघिल्लो चुनावमा २३ सिटमा झरेको कांग्रेसलाई यस पटक १३ सिटमा झार्नुपर्ने बताउनुभयो । कांग्रेससँग कुनै पनि एजेन्डा नभएकाले अघिल्लो सरकारको भण्डाफोर गर्ने नीति भनेर हल्ला गरेको पनि ओलीको भनाइ छ । उहाले चुनावमा सत्ता गठबन्धनमा रहेका दल र तिनका नेता कार्यकर्ताले गडबड गर्न सक्ने भन्दै मतपेटिकामा विशेष ध्यान दिन कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

आगामी स्थानीय चुनावमा देशव्यापी अभियानमा जाने भन्दै ओलीले गाउँगाउँमा खटिन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *