November 30, 2023

निर्वाचनमा उम्मेदवारी दिएका अन्यको चर्चा गर्न आवश्यक नरहेको : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका अन्यको चर्चा गर्न आवश्यक नरहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार काठमाडौंमा जिफन्टले आयोजना गरेको कार्यक्रममा ओलीले उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरुको अधिकारको कुरा भएको भन्दै उनीहरुको चर्चा गर्न आवश्यक नै नरहेको बताउनुभएको हो । उहाले चर्चा गर्न आवश्यक नरहेको व्यक्तिलाई नभई एमालेका प्रतिनिधिहरुलाई बिजयी गराउन आह्वान गर्नुभयो । यसअघि पनि सफा काठमाडौंको अवधारणा र बिकासको काम एमाले नै सुरु गरेको भन्दै अब महानगरपालिकालाई समृद्ध बनाउने काम पनि एमालेले नै गर्ने उहाले बताउनुभयो । ओलीले श्रमिकको पक्षमा बोल्ने एमाले पार्टी भएकाले कुनै समस्या भए स्पष्ट भन्न आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले पार्टीको स्थानीय तहको घोषणापत्रका साथ जनतामाझ जान पनि कार्यकर्तालाई निर्देशन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *