December 5, 2023

निर्वाचनमा केपी ओलीले झापाको आफ्नै निर्वाचन क्षेत्रमा पनि जित्न नसक्ने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले अवको निर्वाचनमा केपी ओलीले झापाको आफ्नै निर्वाचन क्षेत्रमा पनि जित्न नसक्ने दावी गर्नुभएको छ । शुक्रबार काठमाडौंमा नेकपा एकीकृत समाजवादी काठमाडौं महानगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा खनालले ओलीले मुलुक र जनतामाथि घात गरेको भन्दै अवको निर्वाचनमा झापाबाट पनि चूनाव जित्न नसक्ने दावी गर्नुभएको हो । उहाले ओलीलाई आकाशे खुर्सानीको संज्ञा दिदै धर्तीमा रहेको जनतामाथि गद्धारी गरेको तर्क गर्नुभयो । पार्टीको निति र सिद्धान्तलाई कुल्चिएर ओलीले पार्टी र जनताका सार्थै जनतामाथि धोका दिएको उहाको भनाई छ ।

खनालले अवको निर्वाचनमा आफ्नौ पार्टीको जीतलाई कसैले रोक्न नसक्ने तर्क गर्नुभयो । छाटो समयमा नै पार्टी निकै बलियो भएको भन्दै उहाले छोटो समयमा पार्टीका सवै कमिटी निर्माण गरिएको जिकिर गर्नुभयो । कार्यक्रममा बिभिन्न दलबाट आएका कार्यकर्ताहरु एकीकृत समाजवादी प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *