December 5, 2023

निर्वाचनमा पार्टीको कलम चुनाव चिह्नले कमाल गर्ने दावी: अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा पार्टीको कलम चुनाव चिह्नले कमाल गर्ने दावी गर्नुभएको छ । होलीको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले आगामी निर्वाचनमा कलम चुनाव चिह्नले कमाल गर्ने र पार्टीको सामथर््य शक्ति चुनावको मैदानमा देखिने बताउनुभएको हो । उहाले आफूहरुको खिसिट्युरी गर्नेको हविगत आगामी चुनावमा देखिने समेत स्पष्ट पार्नुभयो । आगामी निर्वाचनमा फैसाला गर्ने अधिकार जनतालाई दिएको भन्दै प्रतिगामी भूमिका खेल्नेहरु पराजित हुने उहाले बताउनुभयो । अध्यक्ष नेपालले समाजवादको बाटोमा अघि बढ्न चाहेको भन्दै यसलाई अवरोध गर्न दक्षिणपन्थी बिचलन देखा परेको बताउनुभयो ।

उहाले जिम्मेवार भएर समाज रुपान्तरणको भूमिका खेल्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *