November 29, 2022

निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान

निर्वाचन आयोगले मंसिर ४ गते आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गरेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गर्नुभएको हो । उहाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो । उहाले निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत् शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले वैधता र सुनिश्चितता प्रदान गर्ने भएकाले आफ्नो मतदान केन्द्रमा उपस्थित भइ निर्धक्क भएर मतदान गर्नु हुन आग्रह गर्नुभयो । थपलियाले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन टोली र मतदानकार्यमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाट सूक्ष्म अनुगमन भइरहेको जानकारी दिनुभयो । मतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारी अवरोध पु¥याउनेलाई कानून बमोजिमा कारबाही गर्नका लागि आवश्यक निर्देशन दिइएको उहाँको भनाइ छ ।

आयोगले मतदानका दिन अत्यावश्यक सेवाको लागि सञ्चालन हुने तथा सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमनकर्तालगायतका सवारी साधनलाई अनुमति लिनु नपर्ने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published.