
राष्ट्रिय मानवअधिकार आयोगले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराई नागरिकको अधिकारको पूर्ण सम्मान र संरक्षणका लागि सरोकारवाला निकायसंग अपिल गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनलाई विश्वसनीय बनाउन मतदातालाई निर्भयतापूर्वक मतदान गर्ने वातावरण निर्माण गर्नु आवश्यक भएकाले निर्वाचमा सवै पक्षको सहभागीताको सुनिश्चितता गराउन पनि आयोगले आग्रह गरेको छ । पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तप बहादुर मगरले निर्वाचन आयोगबाट जारी भएको आचारसंहिताको पूर्णरुपमा कार्यान्वयन गराउन, दृष्टिबिहिन तथा अपाङ्ता भएका व्यक्ति, जेष्ठ नागरिक, सुत्केरी लगाएतलाई मतदान केन्द्रमा सहज पहुँचको व्यवस्था गर्न आयोसंग अनुरोध गर्नुभयो । उहाले निर्वाचन पर्यवेक्षकहरुले आफ्नो सीमाभित्र रहेकर तटस्थ रुपमा निर्वाचनको पर्यवेक्षण गर्न पनि आग्रह गर्नुभयो । त्यस्तै उहाले कुनै दवाव र प्रभावमा नपरी निर्भिकताका साथ आफुले उपयुक्त ठानेको सक्षम जनप्रतिनिधि छनौट गर्न पनि मतदाताहरुसंग आग्रह गर्नुभयो ।
आयोगले स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक दलहरुले नै आचारसंहिताको उल्लङ्घन गरेको पाइएको पनि जनाएको छ ।