December 3, 2022

निर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि व्यक्त: नेता वर्षमान पुन

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । मे दिवसका अवसरमा पार्टी निकट अखिल नेपाल टे«ड युनियन महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पुनले उम्मेद्वारी फिर्ता लिने बिषयमा आयोगले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको बताउनुभएको हो । उहाले कुनै स्थानमा रातीसम्म पनि उम्मेद्वारी फिर्ता लिन दिएको र कुनै स्थानमा पाँच बजेपछि उम्मेद्वारी फिर्ता लिन आयोगले नदिएको गुनासो गर्नुभयो । उहाले देशभरका निर्वाचन कार्यालयहरु निष्पक्ष र व्यवसायीक रुपमा सञ्चालन हुनुपर्ने बताउनुभयो । कार्यक्रममा पुनले आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पछिल्लो समय केपी ओलीको बोली बोलेको आरोप लगाउनुभयो । थपलियाको मतपत्र बलियो कागज राखेका छौं अब चपाउन, च्यात्न सकिँदैन भन्ने अभिव्यक्ति र केपी ओलीको बोली समान रहेको भन्दै उहाले आपत्ती जनाउनुभयो । निर्वाचन आयोग रेफ्रीको भूमिकामा रहेको भन्दै पुनले रेफ्री आफैं मैदानमा ओर्लेर खेल खेल्न नहुने तर्क गर्नुभयो । त्यस्तै उहाले स्थानीय अवश्यकताका आधारमा सत्ता गठबन्धनमा चुनावी तालमेल गरेको र यसले देशलाई निकास दिने धारणा राख्नुभयो । एमाले भने कम्युनिस्ट विरोधी, दक्षिणपन्थी अतिवादीसँग तालमेल गरेको उहाको भनाई छ ।

नेता पुनले अवको निर्वाचनमा एमाले पराजित हुनु भनेको संविधान र लोकतन्त्रको रक्षा हुनु रहेको तर्क गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.