December 1, 2022

निर्वाचन हुन नसकेका स्थानमा छिट्टै सूचना दिएर निर्वाचन गराइने

निर्वाचन आयोगले निर्वाचन हुन नसकेका स्थानमा छिट्टै सूचना दिएर निर्वाचन गराइने जनाएको छ । सोमबार काठमाडौंमा आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान स्थगित भइसकेका विभिन्न स्थानहरुमा निर्वाचन भइरहेको र अन्य स्थानमा पनि छिटै निर्वाचन हुने बताउनुभएको हो । उहाले केहि घटनाबाहेक मुलुकभर शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको दावी गर्नुभयो । उहाले काठमाडौं महानगरमा मतगणनालाई छिटो छरितो बनाउनका लागि आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो । प्रवक्ता पौडेलका अनुसार स्थानीय तह निर्वाचनबाट १३ हजार भन्दा बढी उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

उहाले मतगणनाको नतिजा आयोगको वेवसाइटबाट सहज रुपमा हेर्न सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.