July 15, 2024

निर्वाचित उदयपुरका मेयर र अध्यक्षले सपथ ग्रहण

Election Commission starts printing ballot papers for upcoming local polls  | Radio Nepal | रेडियो नेपाल

स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित उदयपुरका मेयर र अध्यक्षले सपथ ग्रहण लिएका छन् । बैशाख ३० गते भएको निर्वाचनबाट निर्वाचित मेयर र अध्यक्षले जिल्ला स्थित उदयपुर जिल्ला अदालतमा शनिवार एक समारोहका बिचे सपथ ग्रहण लिएका हुन । शनिवार जिल्लाका ६ पालिकाका निर्वाचित पालिका प्रमुखलाइ उदयपुर जिल्ला न्यायाधीश दिपक खनाले सपथ खुवाउनुभएको थियो । उदयपुरमा चार नगरपालिका र चार गाउँपालिका रहेकामा कटारी नगरपालिकाको मतगणना जारी रहेको छ भने सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकामा विवादका कारण मतगणना हुन सकेको छैन । शनिबार सपथ लिनेहरुमा बेलका नगरपालिकाका नेपाली कांग्रेसका विजयी नगर प्रमुख अशोक कार्की र चौदण्डिगढि नगरपालिकाका नेकपा एमालेको तर्फबाट विजयी नगर प्रमुख कालुमान लामा रहेका छन भने उदयपुरगढि गाउँपालिका अध्यक्ष एकिकृत समाजवादीका मान बहादुर केप्छाकी मगर र ताप्ली गाउँपालिका अध्यक्षमा माओवादि केन्द्रका ढुङ्राज विश्वकर्मा, रौतामाई गाउँपालिकामा अध्यक्षमा

माओवादि केन्द्रका विरेन्द्र कुमार मगर, लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका मेजर राई निर्वाचित भएसंगै सपथ ग्रहण लिएका छन् ।

2 thoughts on “निर्वाचित उदयपुरका मेयर र अध्यक्षले सपथ ग्रहण

  1. Wow, incredible weblog format! How lengthy have you been blogging for?

    you make blogging look easy. The overall glance of your website is fantastic, as smartly as the content material!
    You can see similar here najlepszy sklep

Leave a Reply

Your email address will not be published. Required fields are marked *