December 5, 2023

निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्ने: नवनिर्वाचित सभामुख देवराज घिमिरे

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्ने बताउनुभएको छ । सभामुखमा निर्वाचित भएपछि बिहीबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै सभामुख घिमिरेले सभामुख चयनको क्रममा प्रजातन्त्रको सुन्दर अभ्यास भएको भन्दै निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्ने बताउनुभएको हो । उहाले बिगतको कमी कमजोरीलाई आफ्नो कार्यकालमा दोहराउन नदिने स्पष्ट पार्नुभयो ।

संसदलाई दलहरुसंग समन्वय गरेर अघि बढाउने उहाको भनाइ छ । घिमिरे बिहीबार सभामुखमा निर्वाचित हुनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *