July 29, 2021

नीजि व्यवसायीको समस्या समाधान गर्न सरकार प्रतिवद्ध

अर्थमन्त्री बिष्णु पौडेलले नीजि व्यवसायीको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।बुधबार सिंहदरबारमा नेपाल उद्योग बाणिज्य महासंघको नयाँ कार्यसमितिसंगको छलफलमा उहाले देशको बिकासमा नीजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको महशुस सरकारले गरेको भन्दै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो ।मन्त्री पौडेलले व्यवसायीहरुको समस्यामा निरन्तर छलफल गर्दै साझा निष्कर्षमा पुग्ने आश्वासन पनि दिनुभयो । नीजि व्यवसायीहरुको मनोवल गिराएर उत्पादन, रोजगारी, आर्थिक बृद्धि जस्ता सपना सरकारले साकार पार्न नसक्ने उहाले बताउनुभयो ।मन्त्री पौडेलले सरकार, निजी क्षेत्र र सार्वजनिक क्षेत्रबिचको सहकार्यमा कोभिडले सिर्जना गरेका चुनौतिहरुलाई सामना गर्दै लगानी वृद्धि गर्ने, उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने विषयमा ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको स्पष्ट पार्नुभयो ।

उहाले व्यवसायीहरुले उठाएका दिर्घकालिन समस्याहरु आगामी बजेटमार्फत सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभयो ।छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई माथि उकास्न विशेष कार्यक्रम आवश्यक रहेको बताउनुभयो । सरकारले दिएको राहत केहि क्षेत्रमा नपुगेको आभाष भएको भन्दै अर्को प्याकेजको आवश्यक रहेको उहाको भनाई छ ।त्यस्तै महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपालमा भित्रिएको रेमिट्न्यासलाई उत्पादनसंग जोड्नुपर्ने बताउनुभयो । उहाले सरकारले निर्यातलाई प्राथमितकतामा राख्न आवश्यक नीति सरकारले ल्याउनुपर्नेमा जोड दिनुभयो ।छलफलका क्रममा व्यवसायीहरुले उच्च मनोबल बनाएर लगानी वृद्धि गर्न निजी क्षेत्रलाई सरकारले प्रोत्साहित गर्नुपर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published.