



सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक मंसिर २८ गते सम्मलाई स्थगित भएको छ ।आइतबारबाट पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको नेकपाको स्थायी कमिटी बैठक एक हप्तासम्मलाई स्थगित भएको हो । आइतबारको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली अनुपस्थित हुनु भएको तर प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्दै पत्र पठाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उक्त पत्रलाई बैठकको प्रारम्भमै सचिवालय सदस्य ईश्वर पोखरेलले बैठकमा पढेर सुनाउनुभएको उहाँले बताउनुभयो । त्यस्तै पत्रमा ओलीले आफ्नै पुरानै अडान दोहो¥याएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव पार्टी कमिटीमा छलफलका लागि योग्य नभएको भन्दै त्यसको फिर्ताको अडान राख्दै आफू बैठकमा नआएको बेहोरा पत्रमा उल्लेख गर्नुभएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै आइतबारको बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको अर्को प्रस्ताव पेश भएकाले उक्त प्रस्ताव अध्ययनका लागि भन्दै स्थायी कमिटी बैठक मंसिर २८ गते आइतबार दिउँसो १ बजे सम्मलाई स्थगित भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । यस्तै मंसिर २५ गते निर्धारित गरिएको केन्द्रीय कमिटीको बैठक पुस ५ गते सम्मका लागि सरेको उहाँले जानकारी दिनुभयो ।आइतबारको स्थायी कमिटी बैठकमा सहभागी नेकपा नेता भीम रावलले प्रधानमन्त्री ओलीले बैठकमा सबै सदस्यहरुलाई सम्बोधन गरेर पत्र पठाउनुलाई उहाँ भौतिक रुपमा उपस्थित भएको भनेर आफूले बुझेको प्रतिक्रिया दिनुभएको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले अर्को बैठकमा प्रधानमन्त्री ओली उपस्थित हुने विश्वास व्यक्त गर्नुभयो ।स्थायी कमिटी बैठकले लचकता अपनाउँदै आगामी बैठकहरुबाट पार्टीले ठोस निर्णय लिने बताउनुभयो ।
