August 2, 2021

नेकपालाई अव बिभाजनबाट जोगाउन सम्भव नभएको

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपालाई अव बिभाजनबाट जोगाउन सम्भव नभएको बताउनुभएको छ ।शनिबार नेकपा बागमति प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित आम कार्यकर्ता भेलामा उहाले प्रचण्ड र माधव नेपाल नै पार्टी बिभाजन गर्न लागि परेको भन्दै अव बिभाजनबाट जोगाउन सम्भव नभएको बताउनुभएको हो ।उहाले संविधानअनुसार लोकतन्त्रमा प्रधानमन्त्रीले मध्यावधि चुनावमा जाने गरेको निर्णय उचित भएकाले अब कसैले पनि रोक्न नसक्ने तर्क गर्नुभयो । आफ्नै पार्टीको घेराबन्दी र असहयोगका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको उहाको दाबी छ ।

सरकारको लोकप्रिय काम पार्टीकै नेताहरूलाई अपच भएपछि जनतामा जाने गरी प्रतिनिधिसभा विघटन भएको पौडेलले बताउनुभयो ।संविधानअनुसार लोकतन्त्रमा प्रधानमन्त्रीले मध्यावधि चुनावमा जाने निर्णय उचित भएकाले अब कसैले पनि रोक्न नसक्ने उहाले बताउनुयो ।नेकपाका अर्का अध्यक्ष प्रचण्डले पार्टीको सचिवालय बैठकमा पेस गरेका आरोपपत्र नै पार्टी विभाजनको मुख्य कारण रहेको आरोप पनि लगायनुभयो । प्रचण्डले आफु प्रधानमन्त्री बन्नकै लागि ओलीलाई हटाउन खोजेको उहाको भनाई छ ।

Leave a Reply

Your email address will not be published.