December 5, 2023

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपतिको निर्वाचनपछि वर्तमान गठबन्धनको भविष्य टुङ्गो लाग्ने

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपतिको निर्वाचनपछि वर्तमान गठबन्धनको भविष्य टुङ्गो लाग्ने बताउनुभएको छ ।
आइतबार काठमाडौंको किर्तिपुरमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पदका बिषयमा गठबन्धन धराप अवस्थामा पुगिसकेको भन्दै राष्ट्रपतिको निर्वाचनपछि यसको भविष्य टुङ्गो लाग्ने बताउनुभएको हो ।उहाले संविधान, गणतन्त्र विरोधी लगाएत सवै शक्तिहरु गठबन्धनमा रहेकाले गठबन्धन धेरै दिन टिक्ने संकेत नदेखिएको धारणा राख्नुभयो ।
नयाँ घण्टी बजाउदै आएका पार्टीको चरित्र पनि जनताले देखिसकेको र पदकै लागि कुरा नमिल्दा गठबन्धन भत्किनेतर्फ उन्मुख भएको उहाले बताउनुभयो । उहाले वर्तमान गठबन्धन सरकार भत्किएपछि नेकपा एकीकृत समाजवादीले कांग्रेसको काध थाप्ला की भन्ने चिन्ता सुरु भइरहेको उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीका नेताले नै मेचीमा राजतन्त्र वकालतको नेतृत्व गर्नु बिचित्र भएको टिप्पणी गर्नुभयो ।


उहाले आफ्नो पार्टी दक्षिणपन्थी अवसरबाद प्रतिगमनका बिरुद्ध जुध्न चाहने बताउनुभयो । अध्यक्ष नेपालले आगामी स्ववियु निर्वाचनमा देशभरका क्याम्पसमा बिजयका झण्डा गाड्ने गरि तयारी गर्न संगठनलाई निर्देशन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *