December 1, 2023

नेकपा एकीकृत समाजवादीले अन्य पार्टीसंगको एकताको चर्चा निराधार हल्ला मात्रै भएको स्पष्ट

नेकपा एकीकृत समाजवादीले अन्य पार्टीसंगको एकताको चर्चा निराधार हल्ला मात्रै भएको स्पष्ट पारेको छ ।शनिबारबाट काठमाडौंमा सुरु नेकपा समाजवादीको स्थायी कमिटीको बैठकले एकताको हल्लाको पछि नलाग्न समेत आग्रह गरेको छ । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले नेकपा एकीकृत समाजवादीलाई अन्य पार्टीसंगको एकतामा रुची नरहेको र हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । उहाले अन्य दलसंग पार्टी नभई एजेण्डामा सहकार्य गर्न सकिने धारणा राख्नुभयो । शनिबारबाट सुरु बैठकमा सरकारमा जाने वा नजाने लगाएत पछिल्लो राजनीतिक घटनाक्रममा बिषयमा छलफल सुरु भएको खतिवडाले जानकारी दिनुभयो । बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले अहिलेको अवस्थामा पार्टीलाई अघि बढाउनका लागि सुझाव माग्नुभएको थियो भने अहिले अप्रत्याशित घटना घटेकाले अव पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्नेमा जोड दिनुभएको थियो । त्यस्तै सम्मानीत नेता झलनाथ खनालले बिचारलाई परिस्कृत गर्दै पार्टीलाई बलियो रुपमा अघि बढाउनुपर्ने धारणा राख्नुभएको प्रवक्ता खतिवडाले बताउनुभयो ।

बैठक आइतबार पनि जारी रहने नेकपा एकीकृत समाजवादीले जनाएको छ । बैठकले पोलिट्व्युरो बैठक समेत बोलाउने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *