August 1, 2021

नेकपा एमालेको नेतृत्वको सरकार रहने

Communist Party of Nepal (Unified Marxist–Leninist) - Wikipedia

नेकपा (एमाले) का केन्द्रीय सदस्य लालबाबु पण्डितले प्रतिनिधिसभाको यो कार्यकालभरि नै नेकपा एमालेको नेतृत्वको सरकार रहने बताउनुभएको छ ।मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाले बर्तमान सरकार पाँच वर्ष चलने र प्रतिनिधिसभाको कार्यकालभरि अन्य कुनै पनि पार्टीको नेतृत्वमा सरकार नबन्ने बताउनुभएको हो । उहाले पार्टीको नेतृत्व पँक्ति एक भएर सरकारको रक्षा गर्ने, पार्टीको नीतिहरुलाई कार्यान्वयन गर्न र सरकारमार्फत एक ढिक्का भएर अघि बढ्ने जिकिर गर्नुभयो ।

त्यस्तै अब एमालेका नेतृत्वहरुले पार्टीलाई एक बनाउने र सरकारलाई सफल बनाउनेबाहेक अन्य क्रियाकलापहरु नगर्ने पनि बताउनुभयो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल वा वामदेव गौतमलगायतका नेताहरुले अब नेकपा एमालेलाई बलियो बनाउने उहाको भनाई छ ।उहाले सरकारलाई बलियो बनाउने बाहेकको अन्य कुनै पनि गतिविधि वा क्रियाकलाप पार्टीभित्र नहुने दावी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.