November 30, 2023

नेकपा एमालेको संसदीय दलको बोर्ड गठन

Communist Party of Nepal (Unified Marxist–Leninist) - Wikipedia

नेकपा एमालेको संसदीय दलको बोर्ड गठन भएको छ ।प्रधानमन्त्री निबास बालुवाटारमा दलका नेता केपी ओलीको अध्यक्षतामा बसेको एमाले संसदीय दलको बैठकले सदस्यीय बोर्ड गठन गर्ने निर्णय गरेको हो ।तीन जना पछि मनोनयन गर्ने गरी २४ सदस्यीय बोर्ड गठन भएको हो । बोर्डमा झलनाथ खनाल र माधवकुमार नेपालसहित उक्त समूहका सांसदहरूलाई पनि मनोनीत गरिएको छ । बोर्डमा प्रधानमन्त्री ओली सहित संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरी पदेन सदस्य रहनुभएको छ ।त्यसबाहेक खनाल, नेपाल, सुमन प्याकुरेल, बिमला राई, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, नारदमुनि राना, मोहन बानियाँ, उपेन्द्र थापा, खेम लोहनी, सरिता न्यौपाने, बिमला विक पनि बोर्डमा हुनुहन्छ ।

यस्तै बैठकले संसदीय दलको विधान संशोधनका लागि प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा शेरबहादुर तामाङ र बिमला पौडेल राईको तीन सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको सांसद शेर बहादुर तामाङले जानकारी दिनुभयो । कार्यदललाई ७ गतेको संसदीय दलको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव तयार गरेर पेश गर्ने जिम्मेवारी दिइएको उहाले बताउनुभयो ।बैठकले गुटगत गतिविधि गर्नेहरूलाई कारबाही गर्ने विषयमा छलफल र निर्णय नगरेको उहाँको भनाइ छ । हरेक बैठकमा शत प्रतिशत सांसद् उपस्थित हुन नसक्ने भन्दै उहाँले अर्को बैठक ७ गते विहान साढे १० बजे बालुवाटारमै बस्ने उल्लेख गर्नुभयो ।बालुवाटार बैठकमा नेता माधवकुमार नेपाल पक्षका अधिकांश सांसदहरु सहभागी भएनन् । ललितपुरको सानेपामा रहेको एक होटलमा बिहीबार बिहान छलफल गरेर पहिले बालुवाटार बैठकमा जाने निर्णय गरेका उनीहरुले आन्तरिक विरोधपछि पुनः नजाने निष्कर्षमा पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *