October 29, 2021

नेकपा एमालेद्धारा निलम्वन फुकुवा गर्ने निर्णय

Communist Party of Nepal (Unified Marxist–Leninist) - Wikipedia

नेकपा एमालेले नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको निलम्वन फुकुवा गर्ने निर्णय गरेको छ ।बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकले पार्टीको एकताका लागि बिगतको सवै कुरालाई बिर्सेर एकतामा योगदान गर्न आह्वान गर्दै निलम्वन फुकुवा गर्ने निर्णय गरेको ज्ञवालीले बताउनुभयो । त्यस्तै आफ्नै सरकार ढालेर बिपक्षीहरुको सरकार बनाउने र त्यसका निम्ती मुख्य कारक बन्न बाटोमा नहिड्न आह्वान गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । बैठकले माधवकुमार नेपाललगायत असन्तुष्ट नेताहरूको मागको सम्बोधनलगायत कुरा र अन्य बिषयमा आवश्यक निर्णय गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अधिकार दिने निर्णय गरेको उहाले बताउनुभयो । उहाले दुई भन्दा बढि दलको सरकार भन्दा पनि राष्ट्रिय हितका लागि एमालेकै नेतृत्वमा सरकार बनाउन जोड रहेको धारणा राख्नुभयो ।

एमालेले गत चैत १६ गते नेता नेपाल र भीम रावललाई पार्टीले सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै साधारण सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । त्यस्तै, चैत १९ गते सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published.